मोडलीङको बास्तविकता बुझ्नेका लागि उमेर रंगले यसलाई नछक्ने तर्क गर्छिन विराटनगरकी उषा आचार्य । अस्ट्रेलीयाको राजधानी क्यानबेरालाई कर्मथलो बनाएर रमीरहेकी उषा आफ्नो पेशा नसिंङसँंगै मोडलीङमा पनि भबिष्य खोज्दै छिन । उमेर र रंग भन्दा पनि उत्पादनको प्रमोशनमा निभाउने भुमिका महत्वपुर्ण हुनाले यसमा सबै रंग र उमेरका मानिशले पेशा बनाउन सक्ने उनको तर्क छ । ब्याचलर अफ नर्सिङ सकेर परोपकारी नसिंङ पेशामा रहेकी उषाले मोडलीङ बिषयमा पनि डिप्लोमा गरेकी छिन ।अस्ट्रेलियाको मोडलीङ एजेन्सीहरुसँंग आवद्ध भएर अगाडि बढेकी उषाले केहि फेसन शोमा कोरियोग्राफरको भुमिका पनि निर्वाह गरिसकेकी छिन । सपरिबार अस्ट्रेलियाको सान्त राजधानी क्यानबेरा बस्दै आएकी उषा भने मोडलीङ क्षेत्रमा नया परिभाषा सहित केहि गनेए जमर्को बोकेर आफु मैदानमा नीस्केको बताउछीन । उषाले केहि गितमा समेत माडलिङ समेत गरिसकेकी छिन । निकट भबिष्यमा अन्य केहि भिडियोहरुमा मोडलीङको तयारी गरिरहेकी उषा भन्छीन , प्रयास गरौ कसो सफल नहोइएला त ।