काठमाडौँ, जेठ १० । रिड नेपाल नामक सामाजिक संस्थाले नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जानकारी गराएको छ ।
हालै नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय निर्माण गरिएको छ ।
जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत निर्माण गरिएको सो पुस्तकालय भवन निर्माणमा रु एक करोड ७५ लाख खर्च गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले बताएका छन् ।
मुलुकका विभिन्न स्थानमा पुस्तकालयको विकास गर्दै आएको सो संस्थाले समुदायमा आर्थिक सशक्तीकरणका विभिन्न परियोजना पनि सञ्चालन गरेको छ ।