कभर स्टोरी

जेल परेका बालकृष्ण ढुंगेल रिहा, साबित्री श्रेष्ठले अन्तर्राष्ट्रिय कानुनको साहारा लिने

By Bala Adhikari

May 29, 2018

सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारगारबाट रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेको व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्था नभए पनि बहुमतले बनेको कम्यूनिष्ट सरकार त्यसलाई मिचेर ढुङ्गेललाई आममाफी दिइ रिहा गरेको हो ।

उनी छुटेपछि ठूलो संख्यामा डिल्लीबजार पुगेका नेकपाका नेता कार्यकर्ताले ढुङ्गेललाई फुल मालाले पुरी स्वागत गरेका थिए । उक्त दृश्य हेर्दा लाग्थ्योकी ढुङ्गेल ठूलै काम गरी त्याँहाबाट निस्कँदै थिए । त्यसक्रममा ढुङगेलका समर्थकले नारावाजी गर्दै उनले लोकतन्त्र र गणतन्त्रप्रति गरेको योगदानको स्मरण गर्दै गर्दा उज्जन श्रेष्ठ हत्याकाण्ड जस्ता मुद्दा कार्यकर्ताले समेत बिर्सिन पुगेका थिए ।

एक अपराधीलाई सरकारले आममाफी दिँदै गर्दा उसको स्वागत गर्न नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी नेताहरु, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । त्यसक्रममा ढुंगेलले संक्षिप्त प्रतिकृया दिँदै आफू गणतन्त्रका लागि आफ्नो ज्यान रहेसम्म लागिरहने प्रतिबद्धता जनाए । त्यस्तै उनले आफु रिहा भएकोमा त्यति धेरै खुशी र धेरै निराश पनि नभएको प्रतिबकृया दिए ।

शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोे थियो । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परेका थिए । जेल परेको झण्डै ६ महिनापछि उनी जेलमुक्त भएका हुन् ।

उज्जन श्रेष्ठको निर्मम हत्या गरेको उज्जन श्रेष्ठका परीवारले भुलेका छैनन् भन्ने कुरा सायद यस सरकार र ढुङ्गेलले बिर्सीए जस्तो छ । उज्जन मुद्दामा लामो समयदेखि लड्दै आएकी साबित्री श्रेष्ठले भने अब आफू नेपाल सरकारबाट न्याय नपाए पछि अन्तर्राष्ट्रिय कानुनको साहारा लिने बताएकी छिन् ।