काठमाडौं,जेठ २२ । नेपालमा लगातार पेट्रोलियम पदार्थमा मुल्य वृद्धि हुदै आइरहेको छ ।
नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको केही दिनमा भारतमा मूल्य घटेको छ ।
आज भारत सरकार नियन्त्रित पेट्रोलियम बिक्रेता कम्पनीहरुले पेट्रोलमा प्रतिलिटर १३ पैसा मूल्य कम गरेका छन् । डिजेलको मूल्यमा ९ पैसा कटौती गरिएको छ ।
अब दिल्लीमा पेट्रोलको मुल्री प्रतिलिटर ७७ दशमलव ८३ भारतीय रुपैयाँमा पर्ने भएको छ भने डिजलको मूल्य ६८ दशमलव ८८ भारतीय रुपैयाँ कायम गरिएको छ ।
गत बुधबार इन्धनको मूल्यमा १ पैसाको कटौती गरिएपछि चर्किएको आलोचना र निन्दापछि अलि–अलि गरेर हालसम्म पेट्रोलमा ३९ पैसा र डिजेलमा २८ पैसा मूल्य घटाइएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।