कभर स्टोरी

मुलुक अधिनायकबादमा जाने खतरा : डा शेखर कोईराला

By Bala Adhikari

June 12, 2018

प्रधानमन्त्रीले सातै प्रदेससभामा गएर सम्बोधन गरेर के सन्देश दिन खोजेको ? भन्दै नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले प्रश्न चिह्न खडा गरेका छन् ।

हत्यारा बालकृष्ण ढुंगेललाई आममाफी दिदै गर्दा संसदमा त्यस बिषयमा प्रभावकारी ढंगले कुरा नराखेर कांग्रेसले गल्ती गरेको उनको भनाइ छ । नेता कोइरालाले कांग्रेस गुट(उपगुटमा रुमल्लिरहेको फाईदा सरकारले लिईरहेकोले मुलुक अधिनायकबादमा जाने खतरा बढेको संकेत गरेका छन् ।

कोइरालाले मुलुक निरंकुशतातर्फ अगाडी बढेकाले लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा रहेको पनी धारणा व्यक्त गरेका छन् ।

शैलजा आचार्यको नवौं स्मृति दिवसमा “शैलजा आचार्य आदर्श समाज” द्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेलिए त्यो कुनैपनी हालतमा कांग्रेसलाई स्विकार्य नहुने बताए ।

बहुमत तपाईहरुसँग छ, सरकार जसरी चलाउककन मन लाग्छ चलाउककनोस तर दुईतिहाई बलको आडमा मुलुकको शासन ब्यवस्था नै परिबर्तन गर्न लाग्ने हो त्यसका बिरुद्ध कांग्रेस जस्तोसुकै आधीबेरी ल्याउन पनि तयार छ– कोइरालाले भने ।