जिल्ला-विशेष

रसुवाका तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषित

By Bala Adhikari

June 27, 2017

रसुवा, असार १३ । दक्षिणी रसुवास्थित उत्तरगया, कालिका र नौकुण्ड गरी तीन गाउँपालिकालाई पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार यी तीन गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक वर्षभित्रका बालबालिकालाई दिइनुपर्ने बिसिजी, डिपिटी, पोलियो, दादुरा र रुबेलाजस्ता खोप पूरा भएकाले उक्त गाउँपालिकालाई खोपमुक्त घोषणा गरिएको हो ।

तीन गाउँपालिकाका पूर्ण खोप घोषित क्षेत्रमा डाँडागाउँ, ठूलोगाउँ, राम्चे, धैबुङ, भोर्ले, सरमथली र यार्सा जस्ता गाउँ परेका छन् । जिल्लाका पाँच गाउँपालिकामा एक वर्षमुनिका ८८० बालबालिकाले खोप लगाइरहेको र कालिका, उत्तरगया एवम् नौकुण्ड गाउँपालिकाका बालबालिकाको नयाँ तथ्याङ्क भने अद्यावधिक गर्न बाँकी रहेको तिवारीले बताएका छन् ।