आर्थिक

“अबैध हुन्डी रोक्न पहल गर्छु”

By Bala Adhikari

June 17, 2018

अस्ट्रेलियामा राजदुत लक्की शेर्पाको एक बर्ष

अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले आफ्नो कार्यकालको एक बर्षको समीक्षा गर्दै दुइ देश बिचको आपसी सम्वन्ध प्रगाढ बनाउनुका साथै नेपाली समाजको उत्थान र पहिचानका लागि विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिएकी छिन ।

आफ्नो कार्यकालको एक बर्षे उपलब्धीका साथै सुझाब र सल्लाहका लागि आयोजना गरिएको कार्यक्रममा राजदुत शेर्पाले नेपाली दुतावासले आफनै जग्गा खरीद गर्न सफल भएको र यसै कार्यकालमा भवन बनाउनका लागि पहल थाल्ने बताइन । शेर्पाले नेपाल र नेपालीको हितको प्रर्वधनमा दुतावासले यहाका बिभिन्न समुदाय र अस्ट्रेलियन सरकारसँंग मिलेर विविध कार्यक्रम सम्पन्न गरेको फेरीहस्त समेत प्रस्तुत गरिन । कावरा काउन्सिलले आयोजना गरेको कावरा महोत्सव, महिला दिवस , एभरेष्ट डे जस्ता कार्यक्रमहरुले मुलुकको पर्यटन प्रवर्धनमा महत्वपुर्ण भुमिका खेलेका शेर्पाको ठम्माइ छ ।

अस्ट्रेलियामा नेपाली बिध्यार्थीहरुको संख्या बढ्दै जाँंदा समस्याहरु पनि बढ्दै गएकोमा राजदुतावासले यसका साझेदार संस्थासँंग छलफल चलाइ न्युसाउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काको संयोजकत्वमा एउटा समिती बनाएको जानकारी दिइन । त्यती मात्र होइन तिस हजार भन्दा बढि बिध्यार्थी रहेको अस्ट्रेलियामा मानसिक तथा काम, कोठाको समस्यामा सहयोग गर्न र कुलतको शिकारवाट बचाउन नेपाल सरकारसँंग पनि बिध्यार्थी तथा अभिभावकलाई बिशेष परामर्शको ब्यवस्था गर्न राजदुतवासले आग्रह गर्ने समेत राजदुत शेर्पाले बताइन ।

नेपाली बिध्यार्थीहरुमा नक्कली बिवाह र डिभोर्सको समस्याका बिषयमा उठाइएको प्रश्नमा राजदुत शेर्पाले राजदुतावासमा थुप्रै सम्वन्ध बिच्छेदका मुद्दाहरु आउने गरेपनि आफुले त्यसलाई नजिकवाट नियालेर गलत कार्य नगर्न सल्लाह र सुझाब दिदै आएको बताइन । उनले बिवाह र सम्वन्द्ध बिच्छेद जस्तो बिषयमा स्वंय बिध्यार्थीहरु र अभिभावक गम्भीर हुनुपर्ने र गलत सल्लाहमा परेर त्यसो नगर्न आग्रह समेत गरीन ।

कार्यक्रमहरुसँंगै दुइ देश बिचको कुटनितीक सम्वन्ध बिस्तारमा राजदुतावासले नेपाल अस्ट्रेदिलया संसदीय समुह गठन गरेको र परराष्ट्र मन्त्री जुलि बिशपसँंग बिेशष भेट गरी अस्ट्रेलियन सरकारको मन्त्रीस्तरिय भ्रमणका लागि आफुले पहल समेत गरिरहेको राजदुत शेर्पाले जानकारी गराइन । उनले त्यस बाहेकपनि कुटनितीक र दुइ देशको ब्यापार घाटा कम गर्न नया उपाय अबलम्बन गर्न यही जुन ३० तारिखमा मेलवर्नमा नेपाल अस्ट्रेलिया बिजनेश फोरमको आयोजना समेत गरिन लागेको बताइन ।

राजधानी क्यानबेरास्थीत दुतावासको भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदुत शेर्पाले आफना केहि महत्वपुर्ण योजनाहरुमा भवन निमार्ण , बिध्यार्थी कल्याणकारी निती तथा नेपालीहरुको शिप र ज्ञानलाई मुलुकको अभिबृद्धीमा लगाउने रहेको समेत बताइन । कार्यक्रममा राजदुतावासकी उप नियोग प्रमुख द्रुपदा सापकोटाले कार्यक्रममा स्वागत गर्दै सन्चाकर्मी झाब र सल्लाह नियोगका लागिम हत्वपुर्ण रहने बताइन । अवैघ हुन्डी रोक्न पहल गर्छु ।

नेपालमा अवैघ मानिएको हुण्डी अस्ट्रेलियामा खुलेआम चलिरहेको बिषयमा सोधीएको प्रश्नमा राजदुत शेर्पाले अवैघ रुपमा चलिरहेको हुण्डीलाई रोक्न आफुले सम्वन्धित निकायमा छलफल चलाएको समेत बताइन । शेर्पाले राज्यको उपयुक्त निकायवाट यहावाट जाने पैसा जावस भन्ने हेतुले अर्थ मन्त्रालयसँंग समेत समन्वय गरीरहेको समेत सुनाइन । अस्ट्रेलियाका फेसबुकहरुमा समेत खेलुआम आजको रेट यति र भोलीको उती भन्ने खुलेआम प्रचार भैरहेको अवस्थामा राज्यको निकायले यसलाई कुन रुपमा हेरीरहेको छ भन्ने प्रश्नमा राजदुत शेर्पाले स्पष्ट शब्दमा भनिन, हुण्डी नेपालमा अवैघ हो यसलाई बन्द गर्नु पर्छ । यसका लागि अस्ट्रेलियन सरकारको निकायसंग पनि छलफल चलाउने छु । स्मरण रहोस यतिखेर हुण्डीको माध्यमवाट नेपालवाट करौडौ कालो धन अवैघ माध्यमवाट अस्ट्रेलिया समेत भित्रिरहेको छ ।