कभर स्टोरी

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्ने

By Bala Adhikari

June 17, 2018

काठमाडौँ, असार ३ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्न लागेको हो । बैठकले संसदको नियमावली पारित गर्ने छ ।

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक डाकेकी हुन् ।