नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले कुस्ती नेपालको पहिचान बोकेको खेल भएको बताएका छन् । तर नेपालमा यसको उचित संरक्षण र बिस्तार हुन नसकेको उनले प्रष्ट परेका छन् ।
अब राज्यले कुस्तीको बिकासमा ध्यान दिनु पर्ने कुरामा जोड दिँदै आफुले पनि सक्दो पहल गर्ने महतले जानकारी दिए ।
आज सिराहा जिल्लाको अौरहि गाउँपालीकामा अायोजित खुल्ला अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता “दंगल”को समापन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
अौरहि गाउँ कुस्तिमा दक्षिण एसिया कै केन्द्र बनाउनुपर्ने कुरा उनले जोड दिएका छन् ।