जनकपुरधाम, असार ४ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्ने उद्देश्य रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा बेल्दै खाँडले सो कुरा बताएइका हुन् ।
उनले सरकार विधिको शासनलाई कमजोर पार्न उद्यत भएको समेत प्रष्ट्याएका छन् । खाँडले सरकार असहिष्णु भई लोकतन्त्रको आकर्षण र लोकप्रियतालाई समाप्त गर्ने दुष्कार्य गरिहेको आरोप समेत लगाएका छन् । सरकारद्वारा संघीय संसद्मा प्रस्तुत बजेट जनतालाई कष्ट दिने भएको आरोप लगाउँदै उनले भने यसले करको भार, मूल्य वृद्धि गरी त्राहिमामको अवस्था सिर्जना गर्छ ।
प्रतिपक्षीको भूमिका निर्वाहका सम्बन्धमा नेपाली काँग्रेसभित्र गम्भीर छलफल भइरहेको बताउँदै खाँडले भने अहिले प्रतिपक्ष कमजोर नभई सरकारको हनिमुन समयलाई दृष्टिगत गर्दै गतिविधि नियाँलिरहेको छ ।
नेता खाँडले संविधान संशोधनमार्फत मधेशको मागलाई सम्बोधन गर्नु आवश्यक रहेको तर यस प्रसंगमा मधेश केन्द्रित दलको भूमिका अपेक्षाकृत नभएको बताएका छन् । उनले सङ्घीयता र लोकतन्त्रलाई बलियो पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरूरी छ रहेको प्रष्ट पारेका छन् ।