आर्थिक

सडकमा खाना खाँदै नेविसंघले गर्यो सरकारको मूल्यबृद्धिको विरोध

By Bala Adhikari

June 18, 2018

काठमाडौं, असार ४ । नेपाल विद्यार्थी संघ त्रि.वि समितिले सरकारको मूल्यवृद्धि विरुद्ध सामूहिक भोजन कार्यक्रम गरेको छ ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौँ आएर भाडामा वस्ने विद्यार्थीहरुको दैनिक जिवनयापनमा समस्या परेपछि कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल, तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै सरकारको मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेबिसंघका केन्द्रिय महामन्त्री कुन्दन राज काफ्लेले बताए ।

उक्त कार्यक्रममा त्रि.विसंघ महामन्त्री कुन्दन काफ्ले केन्द्रीय सदस्य शुशिल भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेका थियो ।

आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको नेबि संघ केन्द्रिय सदस्य सुशील भट्ट बताउछन् ।

उक्त कार्यक्रममा बोल्दै त्रि.वि अध्यक्ष हरि आचार्यले भने ‘सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन चलि नै रहने जनाएका छन् ।