हेटौँडा, असार ५ । आजदेखि मकवानपुरको हेटौँडामा नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुरु हुँदै छ ।
उक्त भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाले सहभागिता जनाउने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताएका छन् ।
पार्टीका सभापति शेरबहादुर देउवाले सो भेलाको दिउँसो उद्घाटन गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटाँैडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा उल्लेख गरेका थिए ।