जिल्ला-विशेष

रोल्पाको भनभनेमा मतदान कार्य स्थगित

By Bala Adhikari

June 28, 2017

रोल्पा, असार १३ । आज भइरहेको स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिए पछि त्यहाँको मतदान कार्य स्थगित भएको छ ।

भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतदान गरि रहेको बेला अज्ञात मतदाताले मतपेटिकाभित्र एसिड हालिदिए पछि मतदान स्थगित भएको हो । यसरी मतपेटिकामा एसिड हाले पछि केही मतपत्र जलेका छन् । एसिडले चारवटा मतपत्र जलेको पाइएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

एसिड हाल्ने व्यक्तिको पहिचान भने हुन सकेको छैन । आगजनी गर्ने व्याक्ति भागेपनि प्रहरीको खोजी कार्यलाई निरन्तरता दिँदै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।