कभर स्टोरी

नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने : कायस्थ

By Bala Adhikari

June 21, 2018

धनुषा, असार ७ । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने बताएका छन् ।

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले आज जनकपुरको जानकी मन्दिरमा आयोजना गरेको योग अभ्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुने भएकाले मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको उनले धारणा छ ।

सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु, साधक साधिकालेसमेत योग गरेका थिए ।

सो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री राउत, योगगुरुसहितलाई मायाको चिनोका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।