- कृष्णप्रसाद अधिकारी काश्यप
काठमाडौं, असार १४ । स्वामी विनोदानन्द केसीको संयोजनमा विश्व हिन्दु एकता परिषद् भवन पकनाजोल धर्मश्री आश्रम रत्नमार्गमा ३० सदस्यीय हिन्दु राष्ट्र नेपाल दल पुनर्गठन भएको छ ।
उक्त पुनर्गठित दलमा महासचिव विशाल नरसिंह क्षत्रिय, सचिव पार्वती सिलवाल, कोषाध्यक्ष सिता सेन, कार्यकारी कोषाध्यक्ष रुपा केसी, प्रवक्त प्रकाश वैद्य, सदस्य नेत्री राधा गिरी, डा. वसन्त शर्मा र सदस्यमा निर्मल बज्रचार्य, अजय शाही, बलराम कपाली, धर्मलक्ष्मी बज्रचार्य, खुश्वु राणा, माधव अधिकारी, दुर्गादेवी शाह, संगीता श्रेष्ठ, कमला रिमाल त्रिजा शाह, सकुन्तला शर्मा र पार्वती पाण्डे रहेका छन् ।
सभाले दल संचालन गर्न केन्द्रिय सदस्यले मासिक १ हजार, प्रान्तिय सदस्यले ५ सय, मण्डल सदस्यले १ सय र नगर गाउँ सदस्यले २५ रुपैयाँ मासिक शुल्क बुझाउनु पर्ने छ । दलको बैठक हुँदा धर्मसभाका सदस्यलाई बैठकभत्ता क्रमश २ सय, १ सय ५० र सय प्रदान गर्ने पनि निर्णय गरेको छ । सो बैठकले हिन्दु स्वास्थ्य विज्ञान केन्द्रलाई सशक्त रुपमा संचालन गर्ने र सबै पदाधिकारीले आ–आफ्नो धर्म कर्तव्य र अनुशासनको पालना गर्ने गराउने निर्णय पनि उक्त सभाले गरेको छ ।