आर्थिक

सुन तस्करीको अभियोगमा व्यवसायी पक्राउ

By Bala Adhikari

June 22, 2018

काठमाडौं, असार ८ । सुन तस्करीमा संलग्न भएको अभियोगमा एक जना व्यवसायी पक्राउ परेका छन् ।

सरकारी छानविन समितिले व्यवसायी अकबर शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो ।

उक्त समितिले रेष्टुरेष्ट व्यवसायी शाह सुनको लगानीकर्ता भएको आशंका गरेको छ । उनी सञ्चार उद्यमी जमिम शाहका आफन्त हुन् ।

समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो । उनी हुण्डी कारोबारी भएको खुलासा भएको छ ।