समाचार

असार १३ गते सरकारको रबैयाको भण्डाफोर गर्न तरुण दलले बिरोध कार्यक्रम गर्ने

By Bala Adhikari

June 24, 2018

नेपाल तरुण दलले केपी ओली सरकारले गरेका गलत निर्णयको बिरोधमा यहि असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भन्डाफोर कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रममा तरुण नेताहरुको विशेष सम्बोधन संगै चर्चित कलाकार, कवि, साहित्यकार , पत्रकार र नागरिक समाजको पनि उपस्थिति रहने नेपाल तरुण दलल जानकारी गराएको छ ।

नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय अनुसार देशभरी प्रशिक्षणको महाअभियान भर्खरै सम्पन्न गरेको नेपाल तरुण दलले संगठन लाई थप मज्बुत र सशक्त बनाउन तरुण दलले विभिन्न कार्यक्रम र अभियान हरु संचालन गर्दै जाने क्रममा असार १३ गते सरकारले गरेको मुल्यबृद्दि,अदालतको अपहेलना, प्रेस माथी हस्तक्षेप,सरकारको निरङ्कुस चरित्र, ओलि सरकारको गलत क्रियाकलाप र रबैयाको भण्डाफोर गर्न देशभरी बिरोध सभा(मुख्य चोकमा कोण सभा) गर्न लागेको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी गराए ।

युबा संवाद नागरिक सद्भाव“ अभियान अन्तर्गत सरकारले गरेको मुल्यबृद्दि,अदालतको अपहेलना, प्रेस माथी हस्तक्षेप,सरकारको निरङ्कुस चरित्र, ओलि सरकारको गलत रबैयाको भण्डाफोर गर्न देशैभरी बिरोध सभा(मुख्य चोकमा कोण सभा आयोजना गर्ने) तरुण महासचिव शाहीले जानकारी गराए ।