विदेश

नेपालको उच्च शिक्षा विकाश सम्बन्धि अन्तराष्ट्यि सम्मेलन टोरोन्टोमा हुने ।

By Bala Adhikari

June 30, 2018

 

राजु थापा, टोरोन्टो – क्यानडा ।

गैरआवासीय नेपाली संघ क्यानडा, नेपाली राजदुताबास अटवा लगायत क्यानडा नेपाल ईकोनोमि काउन्सिल (CANPEC), ग्लोबल पोलिसी फोरम यु.के., द एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज, क्यानाडा फाउन्डेसन फर नेपाल र कन्सर्न नेपाल क्यानडाको संयुक्त आयोजनामा नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका‘ सम्बन्धि संमेलन ७ जुलाई, २०१८ का दिन टोरंटो विश्वविद्यालयको वाइक्लिफ कलेज, क्यानडामा आयोजना हुदैछ । सम्मेलन बिहान ८ बजे देखि बेलुकि ८ बजे सम्म संचालन हुने छ । सम्मेलनमा भाग लिन क्यानडामा बस्ने सबै नेपाली समूदायमा गैर आवासीय नेपाली संघ क्यानडाले अनुरोध गरेको छ ।

                           मुलुक भित्र रहेकाहरुले मात्रै देश बिकाशमा सहभागिता तथा सहयोग गर्न सक्छन् भन्ने सोच वर्तमान सूचना प्रबिधिको सुविधाले मान्यता नराख्न सक्छ । संसारका विभिन्न मुलुकहरुमा विभिन्न पेशा गरि नेपालको नाम उच्च राख्न सफल धेरै ब्यक्तिहरुले नेपालको विकाशमा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने कौतुहलता राखेका छन् । नेपाल भित्र र नेपाल बाहिर रहेका अधिकांश व्यक्तिहरुले नेपालको विकासमा आर्थिक लगानी मात्रै मुल्यवान हो भन्ने मानसिकता लाई त्यागी अन्य क्षेत्रबाट पनि सहयोग गर्न सकिन्छ भन्ने उदाहरण सहित संसारमा विभिन्न विश्वविध्यालय, अनुशन्धान तथा परामर्श केन्द्रमा कार्यरत रहि अन्य मुलुकका सरकारी तथ गैर सरकारी समुहलाई ठुलो सहयोथ पुर्याई रहेका छन् ।

गैरआवासिय नेपालीहरुमा उच्च स्थान राख्न सफल युरोप, अमेरिका, अस्ट्लिया, क्यानडा लगायतका देशहरुका सहभागिहरुबाट नेपालको उच्च शिक्षामा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने मूल उद्धेश्यका साथ हुने सम्मेलनमा सहभागिहरुले नेपालको उच्च शिक्षाका बिबिध क्षेत्र जस्तै नेपालमा बर्तमान शिक्षाको अबस्था, उच्च शिक्षा र आर्थिक बिकाश, शिक्षामा नयाँ प्रविधिको प्रयोथ, शोध तथा अनुसन्धानात्मक शिक्षा, उच्च शिक्षामा  अन्तराष्ट्यिीकरण, खुल्ला तथा दूर शिक्षा पद्धतीको प्रयोग तथा नेपालको उच्च शिक्षामा गैर नेपालीहरुको सहभागिता बिषयमा विभिन्न शोध पत्र प्रस्तुत गरिने छ । कार्यक्रमको अन्तमा टोरोन्टो घोषणा पत्र जारि हुने छ ।

विभिन्न कार्यपत्रहरुको प्रस्तुतिसंगै टोरंटो सम्मेलनले इच्छुक नेपाली डायस्पोराका विज्ञहरुलाई कसरी नेपालको उच्च शिक्षामा बढी भन्दा बढी सहयोग पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्न र उपयुक्त रणनीतिको तर्जुमा गर्न सहयोग पुर्याउने छ | नेपालमा उच्च शिक्षा कार्यक्रमको स्तर-उन्नति गर्नकोलागि तर्जुमा गरिएको रणनीति लागु गर्दा आबश्यक पर्ने अनुसन्धान, पाठ्यक्रम विकास, व्यवस्थापन, र दूर शिक्षा सम्बन्धि क्षेत्रमा नेपालमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु र बिदेशमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु बीच के कसरी सहयोगको आदान-प्रदान हुन सक्छ भन्ने बारे पनि गहन छलफल गरिने छ।

कार्यक्रममा बिभिन्न मूलुकहरुबाट आउनु भएका प्रतिनिधिहरु जस्तै युकेको लीड्स यूनिभर्सिटीका प्रोफेसर सुर्य सुबेदी, न्यू ब्रन्सविक युनिभर्सिटी क्यानडाका प्रोफेसर बासु शर्मा, क्यालिफोर्निया स्टेट यूनिभर्सिटीका प्रोफेसर जीत जोशी, अरिजोना स्टेट युनिभर्सिटीका डा. अम्बिका प्रसाद अधिकारी, रेजाइना युनिभर्सिटी क्यानडाका प्रोफेसर द्रोण रसाइली, फ्लोरिडा युनिभर्सिटीका प्रोफेसर शिव गौतम र अमेरिकाको कनेक्टिकट यूनिभर्सिटीका प्रोफेसर बिध्या संजित, न्यू ब्रन्सविक युनिभर्सिटी क्यानडाका प्रोफेसर दिनेस गजुरेल लगायतले आआफ्ना कार्यपत्रका साथै धारणा प्रस्तुत गर्ने छन् ।

क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रसाद पोखरेल, क्यानडाका फेडरल सांसद डा.गेंग ट्यान, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष नवराज गुरुगं र एनआरएन एनसीसी अध्यक्ष गोपिकृष्ण काफ्लेले आआफ्ना धारणा राख्ने छन् ।

सम्मेलनको आयोजक समितिमा डा. अम्बिका प्रसाद अधिकारी अध्यक्ष, एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, डा. तुल्सी धरेल, डा. गोविन्द दाहाल र नवराज गुरुगं रहेका छन् ।