कभर स्टोरी

चिकित्सा शिक्षा विधेयकमाथि गगन थापाले व्यंग्य गरे

By Bala Adhikari

July 01, 2018

काठमाडौं, असार १७ । सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गदै नेपाली कांग्रेसका सांसद गगन थापाले व्यङ्ग्य हानेका छन् ।

आज बसेको संसदको बैठकमा शुन्य समयमा बोल्दै उनले कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने हेतुले सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याइएको बताए ।

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् उनले भने जनताका छोराछोरीले निशुल्क चिकित्सक बन्न पाउन् वा सस्तोमा बन्न पाउन् । गाउँगाउँमा त्यो सेवा पुर्याइयोस् भी माग राख्ने डा गोबिन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने ।

दुई वटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुइटा कम्युनिस्ट पार्टीका महान् अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात ख्वाउने, कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ’, थापाले भने ।