>काठमाडौं । सरकारले जनताको मुख थुन्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले आज माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ । स्वतन्त्र युवाहरुको संस्था युथ कँग्र्रेसमा आवद्ध युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका बेला प्रहरीले गिरिफ्तार गरेको हो । युथ कंग्रेसका संयोजक सचिन तिमिल्सीनासहित अनिलप्रताव अधिकारी, महेश दुलाल, चेतन बुढाथोकी, राजकुमार गुरुङ, सुनिल थापा र अविनाश सिलवाललाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरीले अनामनगरस्थीत प्रहरी कार्यालयमा लगेको छ । असन्तुष्टी व्यक्त गर्न र विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार हरण गरेर सरकारले जथाभावि निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । त्यसैगरी चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको सिफारिस विपरित चिकित्सा शिक्षा ऐन बनाउन लागेको भन्दै उनिहरुले नाराजुलुश गरेका थिए । निषेधीत क्षेत्र खारेज गर, निरंकुश सरकार मुर्दावाद, वि आर विथ गोविन्द केसी जस्ता नारा लगाउदै व्यानर सहित प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।