कभर स्टोरी

गंगामायाको मुद्दालाई द्वन्दकालिन घटनासँग जोड्न नमिल्ने : डा शेखर कोईराला

By Bala Adhikari

July 02, 2018

काठमाडौं, असार १८ । नेपाली कांग्रेसका नेता डा शेखर कोईराला राजधानीस्थित बीर अस्पतालमा पुगि लामो समयदेखी आमरण अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै डा कोईरालाले अधिकारीको अवस्था प्रति सरकार र सरोकारवाला मौन रहनु अत्यन्त दुखदायी कुरा भएको प्रष्ट पारेका छन् । गंगामायाको मुद्दालाई द्वन्दकालिन समयको घटनासँग जोडेर हेर्न नमिल्ने समेत डा कोईरालाले बताएका छन् ।

गंगामायाका जस्ता धेरै त्यस्ता मुद्दा रहेको बताउँदै डा कोईरालाले भने ति मुद्दाहरुलाई द्वन्दकालिन घट्नाका मुद्दासँग जोडेर अपराधीलाई उन्मुक्ती दिन मिल्दैन ।

तत्कालिन समयमा ऐतिहासिक १२ बुँदे सम्झौतामा महत्वपुर्ण भुमिका खेलेका शेखर कोईरालाले तत्कालिन समयको युद्धरतपक्ष शान्तिपुर्ण राजनितीमा आएको यतिलामो समय बिति सक्दा पनि द्वन्दकालिन मुद्धाहरु समेत अझै टुंगोमा नपुर्याउनु दुर्भाग्यको कुरा भएको टिप्पणी समेत गरेका छन् ।