कभर स्टोरी

बाढीबाट हुने क्षतिको न्यूनिकरणका लागि नेविसंघद्वारा हरेक जिल्लामा दैविक उद्धार कोषको व्यवस्था

By Bala Adhikari

July 03, 2018

वर्तमान कम्युनिष्ठ सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि, एसइइ परीक्षामा गरेको अनियमितता, प्रेस, देशी, विदेशी संघ संस्था नियन्त्रण र आफु इतर विचार राख्नेमाथि गर्दै आएको धरपकडपूर्ण कार्यक्रमका विरुद्धमा नेपाल विद्यार्थी संघ देशभर आन्दोलित हुँदै आइरहेको छ ।

तेश्रो चरणको आन्दोलन अनुरुप नेविसंघले ओली सरकार विरुद्ध भोलि २० गतेका लागि सिंहदरवार घेराउ र देश भरका जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । असार १७ गतेदेखि लगातार भएको बर्षाका कारण नेविसंघले हाललाई आफ्ना कार्यक्रम स्थगित गरेको छ ।

३ दिनदेखि भइरहेको भिषण बर्षाका कारण आएको बाढी, पहिरोले भएको धनजनको क्षतिमा राहत र उद्धार गर्नका लागि नेविसंघले सो कार्यक्रम स्थगन गरेको हो ।

बाढीका कारण हुनसक्ने क्षतिको न्यूनिकरणका लागि दैविक उद्धार कोष हरेक जिल्लामा रहने र त्यो उद्धार समिति प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने भएकाले कुनै पनि समस्या पर्न गएमा सम्बन्धीत जिल्ला प्रशासन प्रमुख वा प्रमुखको कार्यालयमा सम्पर्क गरी क्षति हुनबाट रोक्ने उद्देश्यका साथ नेविसंघले सबै जिल्लाका प्रमुखको नाम, नम्बर र कार्यालय नम्बर जनहितमा जारी गरेको नेविसंघका केन्द्रिय सदस्य संजीव न्यौपानेले जनाएका छन् ।

सम्बन्धीत जिल्ला प्रशासन प्रमुख वा प्रमुखको कार्यालयमा सम्पर्क गर्नुपर्ने नाम र नम्बर यस प्रकार छन् । हेर्नको लागि तलको लिंकमा थिच्नुहोस् ।

  Name or number list (1)        Name or number list (2)