नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय समितिले अनशनमा बसेका गङ्गामाया अधिकारी र डा गोविन्द केसीको जिवन रक्षाको माग गर्दै आज राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष उपाध्यक्ष र पदाधिकारी सहितको प्रतिनिधि मन्डलले हरिहर भवन स्थित आयोगको कार्यालयमा आयोगका अध्यक्ष र सदस्यहरु सामु दण्डहिनताको अन्त्यको गरिनुपर्ने माग गरेका हुन् ।
अनशनरत नन्द प्रसाद अधिकारिको ज्यान गैइसकेको र गङामायको पनि अवस्था जटिल बन्दै गएपति सरकार कानमा तेल हालेर बसेको र चिकित्साशास्त्र विधेयक व्यापारीक हितमा आउन सक्ने भन्दै अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ पनि जटिलतातर्फ उन्मुख हुँदै गएकोले सरकारको संबेदनहिनताप्रति सजक गराउन नेविसंघले अनुरोध गरेको तारक केसीले बताए ।