गंगामाया अधिकारी माओवादी द्वन्द्व सिर्जित राजनैतिक /अराजनैतिक हिंसाको सबै भन्दा ठुलो शिकार भएको पुर्बमन्त्री एवं नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एन.पि.साउदले बताए । माओबादी हिंसाबाट छोरा गुमाएकि उनले न्यायको भिख माग्दा पति गुमाउन पुगेकी छिन ।
मानबता, अहिंसा र सत्याग्रहको बाटोमा अनसनरत रहेकि उनी अहिले मृत्युको अन्तिम सैय्यामा न्याय माग्दै छटपटाइरहेकी छिन।
हामी मानबाधिकार ,कानुनी शासन र दण्डहीनतामुक्त समाजको परिकल्पना गर्ने सबै दलहरु,नागरिक समाज र संविधान निर्माताहरुले यस्तो अबस्थामा मुकदर्शक बनेर बस्नु कत्तिको उचित होला? भबिष्यमा इतिहासले हामीलाई के भन्ला? साउदले भने ।