नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले प्रत्येक वर्ष मनाउदै आएको भानु जयन्ती यस पटक भब्यरुपमा कबी गोष्ठी र सांस्कृतीक कार्यक्रम सहित सम्पन्न गरेको छ । दोस्रो पुस्तामा भाषासँंगै कला साहित्य र संस्ृकती जोडने उद्देस्यका साथ आयोजना गरिएको भानु जयन्ती कार्यक्रममा एक दर्जन कबीहरुले कबिता पाठ गरेका थिए । साना साना बाल बालिकाको बिभिन्न भेष भुषाको नृत्यवाट सुरु भएको कार्यक्रममा स्थानीय लेबर पार्टीकी राज्य सांसद जुलि फीनको पनि उपस्थीती रहेको थियो । कार्यक्रममा बोल्दै अस्ट्रेलियाका लाग नेपाली राजदुत लक्की शेर्पाले बिदेशमा बस्ने दोस्रो पुस्ताका नेपालीको लागि सबैभन्दा महत्वपुर्ण बिषय भनेको भाषा रहेको बताइन । शेर्पाले बिदेश आउने पहिलो पुस्ताका नेपालीहरु हाम्रो कला,संस्कृती र रहनसहनसँंग जोडिएपनि दोस्रो पुस्तामा भने यसको प्रभाव घट्दै गएको कारण यस्ता कार्यक्रमहरुको निकै महत्वरहेको बताइन । उनले घरमा बोल्दा होस या बच्चहरुसँंग खेल्दा हामीले उनिहरुलाई नेपाली भाषाको ज्ञान दिन सक्यौ भने मात्र उनिहरु मुलुकसँंग जोडिन सक्ने बताइन । नेपाली साहित्यका अग्रणी महाकबी भानुभक्तको जन्मजयन्ती मनाइरहँंदा नेपाली अभिभावकहरुले आफना नानीहरुलाई भाषाको बारेमा ज्ञान दिने कुरामा ख्याल राख्न राजदुत शेर्पाले आग्रह समेत गरिन । उनले अग्रेजी बोलेर मात्र ठुलो हुने नभइ बाल बालिकाहरुले चाडै सिक्नेहुँंदा आठ दश भाषा बोल्न सक्ने क्षमता हुने हुनाले सबै समुदायले आफ्नो कला संस्कृती र भाषा नया पुस्तामा बाड्न आवश्यक रहेको बताइन । कार्यक्रममा स्थानिय लेबर पार्टीकी सांसद जुली फीनले अस्ट्रेलियाको मल्टीकल्चर समाजमा सबैले आआफनो भाषा,संस्कृतीको जर्गेना गर्ने परम्परा प्रारम्भ हुनु खुसीको बिषय भएको बताइन । अस्ट्रेलियामा सबैभन्दा तिब्रगतीमा बढदै गरेको नेपाली समाज र नेपाली भाषाको प्रर्वधनमा आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने बचनबद्धता समेत फीनले प्रकट गरिन ।
कार्यक्रममा न्यु साउथवेल्स राज्यका महाबाणिज्यदुत दिपक खड्काले हामी जुनै देशमा बसेपनि बेग्लै पहिचान बोकेपनि नेपाली नामलेनै चिनिनेहुँंदा आफ्नो मौलिकताको जर्गेना गर्नु हाम्रो कर्तब्य समेत भएको बताए । गैर आवासिय नेपाली संघ ओसेनियाका संयोजक धर्म अधिकारीले आफु अस्ट्रेलिया बसेर ब्यवशाय गर्दै आएपनि पहिलो पहिचान भनेको नेपाल र नेपाली भएकोले हाम्रो भाषाको जर्गेना गर्नु परम कर्तब्य रहेको बताए । अधिकारीले नया पुस्तामा भाषिक ज्ञानमा देखिएको अप्ठ्याराहरुलाई अभिभावक र समाजिक संघ संस्था मिलेर भाषिक कक्षा तथा सांस्कृतीक अभियानको थालनी गरी मार्ग प्रसस्त गर्नु पर्ने समेत बताए । कार्यक्रममा नेपाली समाजका अगुवा नारायण प्रधान,इन्द्रा वन,कृष्ण हमाल, एनआरएनका पुर्व अध्यक्षहरु गोवा कटुवाल, गणेश केसी ,सुरेन्द्र सिग्देल एनआरएनका उपाध्यक्ष नन्द गुरुङ ,अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष दिनेश पोखरेलले पनि भानुजयन्तीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए । नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न बिधाका विजेताहरुलााई पुरस्कृत समेत गरिएको थियो ।