कभर स्टोरी

गण्डकी बन्दको प्रभाव पोखरामा

By Bala Adhikari

July 09, 2018

पोखरा, असार २५ । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो ।

तर त्यसको विरोधमा तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने भन्दै गरेको गण्डकी बन्दको प्रभाव पोखरामा परेको छ ।

बिहानैबाट बन्दका कारण सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प भएको छ भने शैक्षिक संस्थामा पठनपाठन भएको छैन ।

बिहानैबाट पोखरामा अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन खटिरहेका छन् ।

बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जनाएका छन् ।