मनोरञ्जन

मिस्टर भर्जिनको टिजर बजारमा

By Bala Adhikari

July 14, 2018

अस्ट्रेलियामा रहेका युवा ब्यवशायीहरूको लगानीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ भदौ एक गने बजारमा आउने भएको छ।

अस्ट्रेलियामा रहेका चलचित्रप्रेमीहरू खिलेन्द्रराज तिम्सिना, प्रजापती सिवाकोटी र मुकेश रेग्मीको निर्माणमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ नेपाली चलचित्रको नयाँ प्रयोग भएको बताइएको छ। चलचित्रको टिजर हालै मात्र रिलिज गरिएको छ । निर्देशक बिसारद बस्नेतको निर्देशन रहेको यो चलचित्रमा विजय बराल,गौरव पहाडी,भोलाराज सापकोटा,रवीन्द्र झा, कमलमणी नेपाल तथा सृजना सुब्बा र मरिस्का पोखरेलको मुख्य भूमिका रहेको छ। यौन मनोबिज्ञानमा आधारीत यो चलचित्र हास्यब्यङ्ग अनि रमाइलोमा रमेको निमार्ताहरुको दाबि छ ।

विदेशबाट काठमाडौं आएको ,काठमाडौंमा बसेर विदेश जान पर्खेर बसेको र गाउँबाट काठमाडौं झरेको तीन साथीहरूको भेटबाट प्रारम्भ हुने चलचित्र काठमाडौंको सेरोफेरोमा घुमेको छ । यौन विज्ञानलाई अपशब्द प्रयोग नहुने गरी दोहोरो भावमा लेखकले यसलाई सहज र सरल भाषामा चलचित्रमा दौडाएका छन्। रमाइलो गर्ने मुडमा पुगेका केटाहरू यौनतृष्णाको रहरमा हण्डर र ठक्कर खाँदै जाने क्रममा दुई घन्टा सकिएको पत्तो नहुने यसका निमार्ता खिलेन्द्रराज तिम्सिना बताउँछन्। नेपाल तथा विदेशमामा आगामी भदौ १ अर्थात् अगष्ट १७ मा प्रदर्शन गरिने तिम्सिनाले बताए ।

प्रवासमा रहेर पनि नेपाली चलचित्रको प्रर्वधनमा लागेका यी युवाहरूको टिमले अर्को चलचित्र कागजपत्र पनि बनाउँदै छ । हामी जहाँ रहे पनि नेपाल र नेपाली कला,संस्कृतिभन्दा बाहिर रहन सक्दैनौं, पहिलो पुस्ताका हाम्रो जिम्मेवारी पनि हो कि नयाँ पुस्तालाई आफ्नो देश र भेषका बारेमा जानकार बनाउने, अर्का निर्माता प्रजापती सिवाकोटीले बताए ।