काठमाडौँ, असार २६ । पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्ने हिम्मत नगर्नेे नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रष्ट पारेका छन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कलले राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै कोइरालाले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको औँल्याएका छन् । आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि सधै सक्रिय र तल्लिन रहने तथा सदैब प्रयास गरिरहेको महामन्त्री डा कोइरालाल जानकारी गराए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले ओली सरकारले आफ्नो कार्यकालको छोटो समयमा नै अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको टिप्पणी गर्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको स्पस्ट पार्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक भएर हातमा हात मिलाएर अघि बढ््नु पर्नेमा जोड दिएका छन् ।