कभर स्टोरी

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, २९ वटा ढोका खोलियो

By Bala Adhikari

July 15, 2018

इनरुवा, असार ३१ । लगातार परेको अविरल बर्षाका कारण नेपालको पूर्वी तथा पश्चिमी पहाडी जिल्ला सप्तकोशी नदीमा पानीको बहाव बढेपछि केशी ब्यारेजको २९ वटा ढोका खोलिएको छ ।

शनिबार गरिएको मापनमा कोशी ब्यारेज हुँदै जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको हो ।

उक्त पानीको बहाव उर्लदै जान थालेपछि ब्यारेजमा खतराको संकेतका लागि रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले बताए ।

सो ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको भनाइ छ ।

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको उनले जनाए ।