कभर स्टोरी

प्रधानसेनापति क्षत्रीद्वारा उपरथी शाहलाई दज्र्यानी चिन्ह प्रदान

By Bala Adhikari

July 16, 2018

काठमाडौं, असार ३२ । उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

आइतबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।

सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेकोे निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् । उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी प्रदान गरिएको छ ।