P3f/f}F lbgsf] cgzgdf 8f s];L lqlj lzIf0f c:ktfn dxf/fhuGhdf lrlsT;f lzIff ;'wf/sf] dfu ub}{ cfd/0f cgzgdf a;]sf 8f= uf]ljGb s];Lsf] a'waf/ P3f/f}F lbgdf :jfYo cj:yf uDeL/ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

कभर स्टोरी

डा केसी आफै काठमाडौँ आउने तयारीमा

By Bala Adhikari

July 19, 2018

काठमाडौँ, साउन ३ । सरकारको तर्फबाट बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई जबरजस्ति उठाएर काठमाडौँ ल्याउने जान तयारीलाई असफल पार्दै डा.केसी काठमाडौँ आउने भएका छन् । डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गरेका हुन ।

काठमाडौँ आउन लागेको कारण मात्र आफ्ना सर्मथक भएको बताउदै सरकारको हेलिकोप्टरमार्फत उनी काठमाडौँ नआउने र यहाँ आएर पनि सत्याग्रहलाई जारी राख्ने उनले जानकारी गराएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो ।

जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारले आफ्ना अडानबाट नडगमगाउँदा गर्दा वार्ताले पुर्णता पाउन सकेन । डा केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीले डा. केसीलाई जर्बजस्ति गर्न खोजे पछि अवरोध शुरु गरेका थिए । केही समय जुम्लाको स्थिति असामान्य समेत बन्न पुगेको थियो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।