कभर स्टोरी

सरकारको अराजक कार्यशैलीको विरुद्धमा नेविसंघको विरोध

By Bala Adhikari

July 20, 2018

सरकारले कर्णाली अञ्चल अस्पताल जुम्लामा गोलि चलाएको र प्रधानमन्त्रीलाई कालो झण्डा डेखाउदा नेबिसंघ कास्कीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बिरुद्धमा नेबिसंघ आर.आर क्याम्पसल विहीबार बिरोध जुलुस निकालेको छ ।

नेबिसंघ आर.आर क्याम्पसको नेतृत्वमा शंकरदेब, बिश्वभाषा, नेपाल ल क्याम्पस र त्रिचन्द्र क्याम्पसका नेबिसंघका सयौ नेता कार्यकर्ताको सहभागीतामा पदर्शनीमार्गमा १ घण्टा बिरोध कार्यक्रम गरेको नेबिसंघ आर आर क्याम्पसका नेता तथा स्वबियु सदस्य अशोक बिष्टले बताए ।

उक्त कार्यक्रममा नेबिसंघका सहमहामन्त्री प्रेम जोशी, केन्द्रिय सदस्य तारक के सि, आर आर क्याम्पसका नेता सन्जिब ढकाल, उत्तम साउद, अशोक बिस्ट, जनप्रशासनका स्वबियु सभापती तथा सिनेट सदस्य पंकज क्षेत्री, शंकरदेबका नेता सुशील धामी, बिश्वभाषा क्याम्पसका नेता बिजय लामा, त्रिचन्द्र क्याम्पसका नेता यस्मान बिस्ट, नेबिसंघ काठमाडौंका नेता काजिमान तामाङ लगायत सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।