कभर स्टोरी

सरकारले सभामुख वा उपसभामुख छोड्नुपर्छ : डा प्रकाश शरण महत

By Bala Adhikari

July 22, 2018

काठमाडौं, साउन ६ । विपीको भावनालाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका आम कार्यकर्ता एकढिक्का र अनुशासित भई अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा वि पि कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपण कार्यक्रममा बोल्दै उनले कम्यूनिष्टहरु संसारभरबाट असफल भइसकेको र नेपालमा पनि कम्यूनिष्टहरु आफु असफल हुने बाटोतर्फ लागेको जानकारी गराए ।

संघीय संसदमा सभामुख एउटा पार्टीको भए उपसभामुख अर्को पार्टीको हुनुपर्ने प्रावधान छ । तर दुई पार्टी मिलेर एक भए पनि सभामुख र उपसभामुख एउटै पार्टीबाट भएपछि केन्द्रदेखि प्रदेशसम्ममा कम्युनिष्ट सरकारले एउटा पद छोड्नुपर्ने संबैधानिक व्यवस्था रहेपनि ओली सरकारले यसको पालना नगरेको उनको भनाइ छ ।

सरकारको निरङ्कुशतावादी प्रवृति, सर्वसत्तावादी प्रवृत्तिको अन्त्यका लागि सबै जिल्लाबाट कडा रुपमा अघि बढ्न अनुरोधसमेत गरे ।