काठमाडौँ, साउन ८ । गोरखा भूकम्प गएर तीन बर्ष बितिसक्दा पनि अझै यसको पराकम्प भने रोकिएको छैन ।
आज बिहान ८ बजेर ३० मिनेट जाँदा धादिङको गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ रिक्टर स्केलको परकम्प गएकोे छ ।
यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो ।
केन्द्रका प्रमुख अधिकारीका अनुसार वि.सं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।