कभर स्टोरी

नुवाकोटमा नगरपालिका परिसर भित्रै हमला

By Bala Adhikari

July 26, 2018

नेपाली कांग्रेस नुवाकोट र यसका भातृ सङगठनहरु ने बि संघ ,महिला संघ , तरुण दल लगायत विभिन्न सङठनले सयुक्त रूपमा सरकार ले गरेको मुल्यबृद्दी ,कालोबजारी तथा चर्को कर १००%बाट १०००% वृद्धिको बिरोधमा शान्तिपुर्ण जुलुस तथा ज्ञापन पत्र बुझाउने क्रममा नगरपालिकामा प्रबेश गर्दा नगर्दै नगरपालिका परिसर भित्रै गुण्डाहरुबाट हमला भएको छ ।

नगरपालिका भित्रै भएको आक्रमणबाट नेपाली कांग्रेस पुर्व सभापति धुर्ब अधिकारी तरुण दलका सुमन गिरि क्षेत्रीय सभापति अर्जुन न्यौपाने कांग्रेस नेता राजु थापा प्रदेश सभा उम्मेदवार जगत तामाङ कांग्रेस जिल्ला सदस्य धन सिंह तामाङ कांग्रेस नेता सुरज श्रेष्ठ सुनिल श्रेष्ठ पुर्ब महिला संघ जिल्ला सभापति बिन्दा अर्याल ने बि संघका नेता सन्जिब अधिकारी नमराज सुवेदी लगायत दर्जनौ घाइते भएका छन।

शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीद्धारा भएको हस्तक्षेप तथा शान्तिपुर्ण प्रदर्शनमा गरिएको दमनको नेपाली कांग्रेसका सहमहामन्त्री डा . प्रकाश शरण महत ले घोर भत्सर्ना गर्दै सरकारलाई यस्ता खालका गतिविधि तत्काल रोक्न अनुरोध गरेका छन् । उक्त घटनाको बिरोधमा यहि १५ गते नेपाली कांग्रेस नुवाकोट र केन्द्रिय समितिको निर्देशन अनुसार विरोध जुलुस गरिने नेपाली कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह के सि ले बताएका छन् ।