लग्जेम्वर्ग , गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भयो ।
“युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उदघाटन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गरे ।
कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैर आवासिय नेपालीलाई नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाएका छन। ज्ञवालीले नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको गैर आवसिय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कट्यौती नगर्ने जनाए।
उहाले नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गरे । ‘अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास नै हो । आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने अहीलेकाे सरकारकाे लक्ष्य हाे ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासिय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए । संविधानले हाललाई उक्त व्यवस्था गरेको छैन । संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्न कानुन बनाउन प्रतिवद्ध रहेको उनकाे धारणा थियो ।
एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासिय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरे । ‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिनु भएको छ । तर पनि हामी संविधानको मर्मलाई सम्बोधन गर्ने गरी कानुन बन्नेछ भन्नेमा विश्वस्त छौ,’ उनले सुनाए ।
एनआरएनका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिलाई गैर आवासिय नेपालीले सघाउ पुरयाएकाे बताए । ‘७० लाख नेपालीले ७८ मुलुकमा एउटै सोचका साथ यो संस्था स्थापना गरेकाे मुख्य अभीप्राय भनेकाे नेपालको समृद्धी पनी हाे, भट्टले बताए । अध्यक्ष भट्टले नागरिकता काे बीषयमा राज्यका सबै दल र सरकार सकारात्मक रहेकाे परीस्थीतीमा कानुन बनेर आउने र एक पटककाे नेपाली सधैकाे नेपाली रहने कुरामा आफु बीस्वस्त रहेकाे बताए ।
बेलायतका लागि नेपाली राजदुत लोक बहारदुर थापाले गैर आवासिय नेपालीलाई नेपालले ट्रेड प्रमोटरका रुपमा लिनुपर्ने धारणा राखे छ । ‘नेपालीको हक हितका सवालमा एनआरएनले महत्वपूर्ण भुमीका खेलेकाे उनले बताए । पूर्व मन्त्री हिसिला यमी, सांसद रामकुमारी झार्की, सांसद सुर्य पाठकले कार्यक्रमकाे सफलताकाे कामना गरे ।
बैठकको सभापतित्व गर्दै एनआरएन युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले बैठक सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरे । बैठक सोमवार सम्म चल्ने छ । बैठकको अन्तिम दिन लग्जेम्र्वग घोषणापत्र जारी गर्दै सम्पन्न हुने छ ।