कभर स्टोरी

काँग्रेस सदनमा फरक ढंगबाट प्रस्तुत हुने

By Bala Adhikari

August 03, 2018

काठमाडौँ, साउन १८ । हिजो संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पछिल्ला  घटना क्रमका बारेमा गृहमन्त्रीाई प्रश्न गर्न नपाए पछि संसदबाट बाहिरिएको थियो । सोहि कुरामा केन्द्रित हुँदै कांग्रेसले विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक आजका लागि बोलाएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी गराए ।

बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिए पछि कांग्रेस फरक तरिकाबाट संसदमा प्रष्तुत हुने सन्र्दभमा पार्टीले थप गम्भीररूपमा लिएको बताइएको छ ।

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने खाँणले जानकारी गराए । सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहाना कांग्रेसको भउको बतउँदै खाँणले भने, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको छ ।

बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने जानकारी गराइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।