मान्डबीले सीड्नी तताउने
नारी निकुन्ज अस्ट्रेलियाको एनएसडब्लु राज्य समितीको आयोजनामा यही आउँंदो अगष्ट एघारमा क्याम्सीको ओरियन फङ्सन सेन्टरमा ल्यान्ड एन्ड लिज तिज महोत्सवको आयोजना गर्न लागेको छ ।
हरितालिका तिज आउन केहि हप्ता बाँकी भएपनि अस्ट्रेलियामा भने तिजको चहलपहलले छपक्कै छोपी सकेको छ । एक महिना भित्र मात्र करिब छ वटा तिजका कार्यक्रमहरु सिडनीवरपर मात्र आयोजना हुदैछन । प्रवासमा दशै तिहारपछि सबैभन्दा ठुलो चाडका रुपमा तिजलाई लिइन थालिएको छ ।
एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा हरे बर्ष धुमधामका साथ तिज कार्यक्रम आयोजना गर्दै आएको छ । यस पटक नेपालवाट चर्चित लोक दोशरी गायीका मान्डबी त्रिपाठी नारि निकुन्ज तिजमा आउने पक्का भएको एनएसडब्लु संयोजक सन्ध्या शाहले बताइन ।
प्रवासको ब्यस्त जिवनलाई थाँती राखेर एकै दिन भएपनि नेपाली लोकलयमा धोको फुकाएर नाचगान गर्ने अनि आम्दानी भएको केहि रकम परोपकारी कार्यमा खर्च गर्नु हाम्रो उद्देस्य हो ,संयोजक सन्ध्याले बताइन । नेपाली कला संस्कृतीलाई जोगाउने हाम्रो उद्देस्य अनुरुप महिलाहरुको माहन चाडलाई प्रवासमा पनि निरन्तरता दिने हाम्रो प्रयास जारी रहेको छ , सन्ध्याले बताइन्।
परोपकारी कार्यमा समेत सहयोग पुरयाउने उद्देस्यले समेत आयोजना गरेको यो कार्यक्रममा सहभागि भइ सहयोग गरी दिन सबै सीडनीबासी दिदी बहिनीलाइ संन्ध्याले अनुरोध गरेकी छिन । यस्ता खाले संस्कृती जोगाउने कार्यक्रममा प्रायोजक भएर सहयोग गर्न पाउनु हाम्रोलागि निकै खुसीको बिषय हो , कार्यक्रमका प्रायोजक ल्यान्ड एन्ड लिजका निर्देशक अशोक थपलीयाले बताए ।