विदेश

नेप्लीज क्यानेडियन हेरिटेज सेन्टर क्यानडाले टाेराेन्टाेमा सामुहिक पुजाको आयोजना गर्दै

By Bala Adhikari

August 05, 2018

राजु थापा, क्यानडा ।

नेप्लीज क्यानेडियन हेरिटेज सेन्टर क्यानडाले श्री  देवाधिदेव भगवान श्री पशुपतिनाथ मन्दिर क्यानडाको  तत्वाबधान तथा गणेश खत्री परिवारको सहयेगमा टोरोन्टो शहरमा मिति यहि अगष्ट १२ तारिख आर्इतवार Patio Banquet Hall, 15 Gervais Drive, Don Mills, Toronto मा बिहान १०.३० बजे देखि दिनको  १.०० बजे सम्म पहिलो पटक सामुहिक पुजाको आयोजना गर्न लागेको छ । कार्यक्रममा शिव पूजा-आराधना, प्रवचन एवं भजन कार्यक्रमको आयोजना गरिने छ । सेन्टरले भबिकष्यमा क्यानडाको बिभिन्न शहरहरुमा समेत क्रमश सामुहिक पुजाको आयोजना गर्दै जाने जनाएको छ । पुजाको माध्यमबाट स्थानिय नेपाली समुदायको शुख​, शान्ति र सम्ब्रिध्दिको कामना साथै मन्दिरको गतिबिधि, प्रगति तथा भाबि योजना आदि बारे जानकारि गराउने लक्ष्य लिएको छ ।

पुजा कार्यक्रममा स्वयंसेवक वा सहयोग गर्न इच्छुक अथवा केहि प्रश्न-जिज्ञासा भएमा निम्नलिखित व्यक्तिहरु वा NCHC का Spokesperson वा निम्न ब्यक्तिहरू संग सम्पर्क गर्न हेरिटेजले सूचना जारि गरेको छ ।

नरेन्द्र पुडासैनी (संयोजक) – 416-938-2106, गणेश खत्री (प्रायोजक) – 647-680-1586, याम खत्री (प्रयोजक) – 416-880-4214, विष्णुहरि भण्डारी (स्वयंसेवक) – 647-766-3799, नबिन श्रेष्ठ (स्वयंसेवक) – 416-835-5109 , हरि गुरुङ्ग (स्वयंसेवक) – 647-989-4259.