Uncategorized

जापान नेविसंघको अध्यक्षमा अधिकारी मनोनित

By Bala Adhikari

August 06, 2018

 

जापान,  साउन २१ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) जापनको अध्यक्षको जिम्बेवारि दीपक अधिकारीलाई दीइएको छ। नेविसंघ अध्यक्ष नैनसिंह महरले संघलाई विस्तार गर्ने उद्देश्यका साथ जापान अध्यक्षमा अधिकारीलाई जिम्मेवारी दिएको जानकारी गराए ।

नेपाल विद्यार्थी संघको विधान भाग ३ को धारा ६ बोमोजिम अधिकारीलाई जिम्बेवारि दीइएको महरले बताए । ‘संगठनलाई थप चुस्त दुरुस्त बनाउने उदेश्यका साथ नेपाल विद्यार्थी संघको विधान अनुसार तपाइलाई नेविसंघ जापनाको अध्यक्षमा जिम्मेवारी दिएको छ’ नेपाली कांग्रेस जापान जनसम्पर्क समितिलाई बोधार्थ दिएर लेखिएको जिम्मेवारी पत्रमा भनिएको छ। लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय अधिकारी बिद्यालयमा अध्यायन कै सिलसिलामा पनि प्रजातान्त्रिक बिचारधाराको कारण तत्कालिन बिद्रोही माओवादीको तारो बन्ने गरेका थिए ।

पछिल्लो चार वर्षदेखि जापानमा रहेका उनी विशेषगरी २०६१ सालमा पाटन मल्टिपल क्याम्पसबाट औपचारिक रुपमा नेविसंघको राजनीतिमा सक्रिय भएका हुन् । २०६२ सालको स्ववियु निर्वाचनमा सो क्याम्पसमा नेविसंघलाई जिताउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेविसंघ आरआर क्याम्पस कोशाध्यक्ष तथा नेविसंघ ओखलढुंगा काठमाडौं सम्पर्क समितिमा समेत बसेर उनले कुशल रुपमा जिम्मेवारी निभाई सकेका छन्।

पढाइलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्ने ठूलो सपनाका साथ जापान पुगेका उनी जापान युनिभर्सिटी अफ इकोनोमिक्सका फोर्थ समेस्टरमा अध्ययनरत छन् । संघको जापान अध्यक्षमा मनोनित अधिकारीले पत्रको बोधार्थ जनसम्पर्क समितिका अध्यक्षलाई बुझाउने र केही समयमै कार्यसमिति विस्तार गर्ने उनले जानकारी गराएका छन् । ‘म नेविसंघ केन्द्रिय समितिले दिएको जिम्मेवारी पूर्णरुपमा निभाउछु, अब कार्यसमिति विस्तार गरेर नेविसंघको काम देखाउने हो’ अधिकारीले भने।