लोकसत्ता सम्बाददाता, क्यानडा ।
नेपाली जनसम्पर्क समिति, क्यानडामा भाँडभैलौ भैरहेको छ । अगष्ट २६ को अधिबेशन अघि अगष्ट ११ को बोर्ड बैठकमा बोर्डअफ डार्इरेक्टरहरू बिच केहि कुराहरूमा जिज्ञासा, असहमति लगायत केहि पदाधिकारीलार्इ आफ्नो जिम्मेवारी बाट बन्चित गरेको बिबाद देखिए पछि तात्कालिन सभापति बुद्दि प्रकाश वलीले राजीनामा गरि बोर्ड बिघटन गरे पश्चात यस्तो अबस्था आएको हो । बोर्डमा उठेका गम्भिर केहि बिषय बस्तु जस्तै अबैधानिक रूपमा संथाकाे लेटरप्याड प्रयाेग भएकाे भन्ने कुरामा दुबै पक्षको आआफ्नै जिकिर र सो सम्बन्धि छानबीन भैरहेको बेला छानबिनलाईनै प्रभावित गर्ने गरि एकतर्फि रुपबाट नियम बिपरित अधिबेशन सम्पन्न गर्न खोज्नुमा शंका उत्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति, क्यानडाको फेडरल गभर्मेन्ट अन्तरर्गत कर्पोरेट क्यानडामा दर्ता भएको संथा हो । यसले सम्पूर्ण नियमकानुनहरू क्यानडाको कानुन अनुसार चल्नु र चलाउनु पर्ने हुन्छ । यस संथामा रहेका सबै बोर्डअफ डार्इरेक्टरहरूको हैसियत समान रहन्छ र बोर्ड बैठकले बहुमतका आधारमा गरेका काम कार्यबाहिहरू मात्र कानुन सम्मत रहन्छ । कुनै पनि बोर्डअफ डार्इरेक्टरहरूलार्इ बोर्ड बिघटन गर्ने अधिकार हुदैन तर राजीनामा भने दिन सक्छ त्यो पनि बोर्डको बहुमतले पास गर्नु पर्ने हुन्छ । यस गतिबिधि अन्तर्गत तात्कालीन बुद्दि बलीले दिएको राजीनामा लाई १७ अगष्टको एनपिसीसीको बहुमत बोर्ड बैठकले स्विकृत गरि बरिष्ठ उपसभापति सुरेन्द्र खड्का लाई कार्यबाहक सभापतिमा नियुक्त गरेको भन्ने छ भने अर्को तर्फ बुद्धि वलीको राजीनामा नेपाली कांग्रेसले अस्विकृत गरेको भन्ने जानकारी केन्द्रिय सदस्य दिपक गिरीको ब्यक्तिगत लेटर प्याड मार्फत जानकारी गरिएको छ ।

क्यानडामा दर्ता भएको यो संथाले राजनैतिक बिचारधारको आधारमा नेपाली कांग्रेसले प्रक्रिया पुरा गरेको आधारमा आबद्दता मात्र दिएको हो । यसमा नेपाली कांग्रेसले कुनै कानुन सम्मत ढंगबाट निर्देशन र संचालन गर्न सक्दैन ।
नेपाली जनसम्पर्क समिति, क्यानडामा अहिले संथापन पक्षमै दुर्इ धार देखिएका छन् भने अर्कों पक्ष तुल्सी पौडेलको नेतृत्वको एनपिआरसी संथा दर्ता गरेरै बाहिर रहेको छ । सबै मिलेर एक भै अगाडि बढ्नु पर्ने अबस्थामा यस्तो दुर्दशा हुनु लार्इ प्रजातन्त्रप्रति आस्थावान क्यानाडा बासिहरूमा बित्रिस्ना उत्पन्न गराएको छ । यस घटनाक्रम संगै एनपिसिसिका बहुमत संख्या र एनपिआरसि बिच लिखित एकता भैसकेको र छिटो भन्दा छिटो ब्रिहत रूपमा एकता अधिबेशन गर्न रामबाबु थापाको संयोजकत्वमा संयूक्त कार्यदल समेत गठन भैसकेको छ ।

यस्तो अबस्थामा संथापन एनपिसिसिका अल्पमतका केहि सदस्यले कुनै पनि प्रकृया नपुर्यार्इ नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य पूर्व मन्त्री दिपक गिरि र नेपाली कांग्रेस सिन्धुली जिल्ला सभापति उज्वल बरालको आतित्थ्यमा अगष्ट २६ मा गरिएको भनिएको अधिबेशनले क्यानडाको कानुन अनुसार बैधानिकता पाउला त सबैको चासोको बिषय भएको छ ।

अधिबेशन सम्पन्न गर्न नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा आएका भनिएका नेता दिपक गिरि र उज्वल बरालका बिषयमा यत्रो ठुलो बिबाद हुदां सम्म पनि नेपाली कांग्रेसले अझै सम्म कुनै धारणा दिएको छैन र चासो पनि लिएको देखिदैन ।
यता दुर्इ नेताले सबै संग छुट्टाछुट्टै भेट गरेर परामर्स गरे पश्चात किन त्रिपक्षिय रूपमा बार्ता र सम्बाद गराउन पहलनै नगरि मूख्य दुर्इ शक्तिहरूलार्इ बाहिरै राखेर अधिबेशनको उद्घाटन गर्न आतुर भएका हुन् । हुनत बार्ताको क्रममा नेता गिरीले तपार्इहरू मिल्ने भए मिल्नुस नत्र म जे कामका लागि आएको हुँ त्यो म पुरा गरेर जान्छु र मलार्इ जसले आमन्त्रण गर्न पत्र पठायो उसैको अध्यक्षतामा म अधिबेशन गर्छु भन्नुले प्रश्ट पनि हुन सक्छ । यता ३० अगष्टमा नेपाली जनसम्पर्क समिति संथापन बहुमत पक्षले प्रेस बक्तब्य मार्फत यि सबै कृयाकलापहरू कानु बिपरित भएको भन्दै सबै गतिबिधि तत्काल रोकि बहुमतको कदर गर्न र बिघटित प्रमुख निर्वाचन आयुक्त भाष्कर रेग्मिलार्इ पत्राचार समेत गरेको जनाएको छ ।
यसरि बिदेशमा बसेर एउटै आस्थाका हौ भन्ने तर बिचारका बिमतिले अनेकन बिकृतिका कृयाकलापले कसरि नेपाली समाजको बिकाश गर्न सकिन्छ यो सोचनिय बिषय भएको छ । सबैले आआफ्ना हठलार्इ मात्र सहि ठान्ने प्रबृत्तिले पक्कै पनि स्व बिपि कोर्इराला गणेशमान, कृष्ण प्रशाद, गिरिजा प्रशाद र शुशिल कोर्इरालाको त्याग तपस्या र योगदानको अपमान भएको ठान्न सकिन्छ ।




















