ओखलढुङ्गा, कात्तिक ८ गते । नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनालले कांग्रेस गाम्नाङटार गाउँ कार्यसमितिका पूर्वसभापति डिल्लीप्रसाद भट्टराईकी धर्मपत्नी तथा नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य नीलकमल भट्टराईकी आमा जानुका देवी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
लिखु गाउँपालिका–६, गाम्नाङटार निवासी जानुका देवीको २०८३ साल कात्तिक २ गते निधन भएको थियो । उहाँको जन्म २००५ साल मङ्सिर १ गते भएको थियो ।
सभापति खनालले शोक वक्तव्य जारी गर्दै दिवंगत भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।
186
Shares





















