पेसागत–विज्ञ महिला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा बाला अधिकारीको उम्मेदवारी

काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्व कार्यवाहक अध्यक्ष डा. बाला अधिकारीले पार्टीको १५औँ महाधिवेशनमा पेसागत–विज्ञ महिला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

आमसञ्चार तथा पत्रकारितामा विद्यावारिधि गर्नुभएकी अधिकारी लामो समयदेखि पत्रकारिता र कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेपाल पत्रकार महासङ्घको उपाध्यक्ष, कार्यवाहक अध्यक्ष तथा नेपाल प्रेस युनियनको उपमहासचिवलगायत जिम्मेवारीमा रहिसक्नुभएको छ।

अधिकारी गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो। कांग्रेसको १५औँ महाधिवेशनमा उहाँले आफ्नो पत्रकारिता, पेशागत नेतृत्व र पार्टी राजनीतिबाट प्राप्त अनुभवलाई केन्द्रीय कार्यसमितिमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दर्ता गराउनुभएको हो।