राजु थापा, क्यानडा ।
साउन महिना भगवान शिवलाई मनपर्ने महिना र सोमवार मनपर्ने दिन भएकोले पनि यो महिना र सोमबारको महत्व बढि रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यही महत्वलाई मानेर सोमबारको ब्रत बस्ने, पुजा गर्ने, साउन महिना भरी चोखो खाने गर्दछन् ।
साउन महीना धार्मिक रुपले निकै महत्व छ । त्यसमाथि त साउने सोमबारको त झनै महत्व छ । बिबाहित तथा अबिबाहित महिला भगवान शिवको पुजा आराधना गरि ब्रत बस्ने गर्दछन् । साउन महिना सुरु भय देखिनै महिलाहरुले हातमा मेहन्दि र हरियो चुरा लगाउने, रातो पहेंलो र रातो सारी चोलो लगाउने गर्दछन् ।
यसैक्रममा क्यानडामा बसोबास गर्ने महिलाहरुले पनि आफ्नो धार्मिक रितिरीवाज को निरन्तरता दिने क्रममा ब्राम्पटन सहरमा नेपाली समूदायको पहलमा स्थापना गरिएको पशुपतिनाथ मन्दिरमा यहि अगष्ट १३ तारिख साउन महिनाको अन्तिम सोमवारका दिन बिशेष पुजा आराधनाको आयोजना गरि मनाइएको छ । उक्त पुजा आराधना कार्यक्रममा जिटिए भित्र बसोबास गर्ने हिन्दु महिलाहरु भक्तजनहरुको साथै भारतिय हिन्दु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथ साथै टोरोन्टोको स्कारब्रोमा पनि साउने सोमबारको अबसर पारेर सामूहिक पुजा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा क्यानडाको प्रोबेन्सियल कन्जरभेटिभ पार्टीका पूर्व नेता तथा पूर्व सांसद प्याट्ीक ब्राउनको उपस्थिति लगायत उनले ढाका टोपि लगायर टिका प्रशाद ग्रहण गर्दा त्यहा उपस्थित भक्तजनहरुलाई ठूलो हौसला प्रदान हुनुका साथै नेपाली हेरिटेज सेन्टर लाई मन्दिरको बिकाशमा सहयोग पुर्याउने बचन दिएका छन् ।
१३ तारिख सोमबार भएको कार्यक्रममा प्रशाद ग्रहणका लागि क्यानडा निवासी मित्र काफ्ले र श्रीमती दुर्गा काफ्ले द्वारा प्रायोजन भएको थियो भने नेपाली समूदाय बिच बिदेशि भक्तजनहरु र पूर्व सांसदलाई मित्र काफ्लेले आमन्त्रण गरि नेपाली मन्दिरको बारेमा जानकारी गराएका थिए ।