सीड्नीमा लम्कदै “ल्यान्ड एन्ड लीज”

ल्यान्ड एन्ड लिजको टीम

नयाँ ब्यवशायमा नेपाली

परदेशमा पढेपछि पैसा कमाउने सबैको ध्येय हुन्छ । उच्च अध्यनका लागि लाखौ खर्च गरेर बिदेश आएपछि सिकेको ज्ञान र शीपलाई ब्यवहारमा उतार्न सकेमा मात्र त्यसको प्रतिफल मिठो हुन्छ । यतिखेर अस्ट्रेलियामा योग्यता अनुरुपको जागिर पाउन निकै मुस्कील भैसकेको छ ।

निकै ठुलो बजार अनि आकार भित्र कडा प्रतिस्प्रर्धामा खरो उत्रिनु निकै चुनौतीपुर्ण छ । ब्यवशायकिताको बजारमा थुप्रै नेपालीहरुले आफ्नो योग्यतालाई खैरैको देशमा खरो उतारेको थुप्रै उदाहरणहरु नभएका होइनन । तर पछिल्ला दिनमा प्रतिस्पर्धा निकै टफ हुन थालेपछि कठिन भने पक्कै भएको हो ।

गारो र सारो बिचपनि नेपालीहरु भने यतिखेर अस्ट्रेलियाको बजारमा संभावनाका नया ढोका खोल्न लागि परेका छन । हार्दिकताको हैसियतमा राम्रै गनिएका नेपालीले रेस्टुरेन्ट ब्यवशायमा राम्रै पकड पनि बनाएका छन यँंहा । तर यतिखेर एक हुल युवाहरुको टीमले सीडनीको बजारमा ल्यान्ड एन्ड लिज नाम राखेर घर,जग्गाको ब्यवशाय अगाडि बढाएका छन ।

सिडनीको लाकेम्बामा सन २०१६वाट सुरु गरेको ल्यान्ड एन्ड लिजले यतिखेर करिब दुइ सय घरको घर,डेरा ब्यवस्थापन गर्नुका साथै घरजग्गा बेचबिखनको कार्यपनि सुरु गरेको छ । नेपाली समाज बढ्दै गर्दा यतिखेर भाडाका घर र घर किनबेचको प्रचलन पनि बढेको छ भने ब्यवस्थापनको सेवाको पनि माग बढेको छ ।

कयैन नेपाली दाजुभाइ बिदेशी एजेन्टहरुलाई कमिशन दिएर काम गराइरहनु भएको छ भने कनि हामीले यो पेशा ब्यवशाय कीन नगर्ने भन्ने सोच आयो र सुरु गर्यौ , ल्यान्ड एन्ड लिजका निर्देशक अशोक थपलीयाले बताए ।

हामीले स्थापनाको दुइ बर्ष नबित्दै करिब दुइ सय घरहरुको ब्यवस्थापन गरीरहेका छौ र निकट भबिष्यमा यसको संख्या बढदै छ भने हामीले घर जग्गा र किनबेच अनि जग्गा किनेर घर बनाउने प्याकेजको पनि काम प्रारम्भ गरिसकेका छौ, अशोकले सुनाए ।

यता ब्यवशाय बढ्दै जाँंदा अशोकको ल्यान्ड एन्ड लिज निकै फराकिलो पनि बन्दै गएको छ । घर,डेरा ब्यवस्थापनसँंगै किनबेच अनि निमार्णमा हात हाल्दै गर्दा झापाली समाजका अन्तराष्ट्रिय अध्यक्ष दिनेश कुमार पोखरेल पनि अर्का निर्देशकका रुपमा ल्यान्ड एन्ड लिजमा भित्रिएका छन ।

हामीले फरकिलो बन्दै गएको हाम्रो समाज र आवश्यकता हरेर ल्यान्ड एन्ड लिजलाई अगाडि बढाउने निर्णय गरेका हौ । आगामी दिनमा यस ब्यवशायलाई मेलवर्न र ब्रिसबेन लगायतका शहरहरुमा पनि सुरु गर्ने अभियान प्रारम्भ भैसकेको निर्देशक दिनेश कुमार पोखरेलले बताए ।

पोखरेलसँंगै ब्यवस्थापकीय जिम्मेबारीमा आस्वीन पोखरेलले पनि ल्यान्ड एन्ड लिजमा काम आरम्भ गरेका छन । काम र व्यबशायले फटेको मार्दै जाँंदा टीममा एनआरएनका कोषाध्यक्ष अच्युत थपलीया,निर्मल संग्रौला, अनिश चालिसे ,बबिता थापा,सुरेश रेग्मी, दीपेश पोखरेल लगायतले बिभिन्न जिम्मेबारी बहन गरेका छन ।