राजु थापा, क्यानडा ।
क्यानडा स्थित नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (NCHC) को आयोजनामा यहि अगष्ट १२ तारिख आईतवार टोरोन्टोमा सामूहिक पुजाको आयोजना भयो । कार्यक्रममा सामुहिक शिवपुजा आराधना, प्रबचन, भजन कृतन, धार्मिक नृत्य कार्यक्रमको आयोजना गरिएको थियो ।
ब्राम्पटन शहरमा स्थापना गरिएको श्री पशुतिनाथ मन्दिरको सहयोगको लागि बिभिन्न श्रद्धालु भक्तजनहरुबाट भूमिदान, गिफ्टकार्ड लगायत नगद सहयोग प्राप्त भएको हेरिटेजले जनाएको छ । हेरिटेजका सभापति हरि गुरुगं अध्यक्ष राम प्रशाद पौडेलले मन्दिरले गतिबिधिहरु र भाबि योजनाका बारेमा श्रद्धालु भक्तजनहरुलाई जानकारी गराएका थिए । सोहि कार्यक्रममा पशुपतिनाथ मन्दिरका संरक्षक तथा क्यानडाका लागि अबैतनिक बाणिज्य दूत डा. कुन्जरमनि शर्माले प्रायोजक गणेश खत्रीलाई सम्मान गरेका छन् ।
नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको स्थापना काल देखि मन्दिरको हरेक गतिबिधिमा प्रत्यक्ष संलग्न रहनु हुने समाजसेवी तथा उक्त सामूहिक पुजाका संयोजक नरेन्द्र पुडासैनीले मन्दिर निर्माणमा यस्ता खाले कार्यक्रमहरुले नेपाली समूदाय बिचको आपसी भाईचारा र सहयोगको भाबनामा बिकाश हुने बताएका छन् ।
नेपाली क्यानेडियन हेरिटेज सेन्टर (NCHC) ले मन्दिरको गतिबिधिहरुलाई केहि बर्ष यता देखि ब्यापक रुपमा अगाडि बढाई रहेको छ ।