एकाको शैक्षिक मेला अगष्टको अन्तिम साता
अस्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरुको साझा छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स(एइसीए)को आयोजनामा यही आउँंदो २४ र २५ अगष्ट नेपालमा दोस्रो एका शैक्षिक मेलाको आयोजना हुने भएको छ ।
होटल अन्नपुर्णमा आयोजना हुने शैक्षिक मेलामा अस्ट्रेलियाका सात वटा कलेज तथा दुइ दर्जन शैक्षिक परामर्शदाताहरुको प्रत्यक्ष सहभागिता रहने एकाका अध्यक्ष निरज श्रेष्ठले बताए । उच्च अध्यनका लागि अस्ट्रेलिया आउने बिध्यार्थीहरुलाई लक्षीत गरेर आयोजना गर्न लागेको यस शैक्षिक मेलामा किङ्सफोर्ड इन्टरनेशनल ,एचआइबीटी कलेज, भाइब कलेज,किङ्स वन ,एआइए कलेज, क्युआइबीए कलेज,एसएसबीटीको प्रत्यक्ष सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए । २२ वटा शैक्षिक परामर्शदाताहरुको स्टल रहने शैक्षिक मेलामा कुल २९ स्टलको सहभागिता रहने छ ।
दुइ दिनसम्म चल्ने शैक्षिक मेलामा यहाँंको शैक्षिक अवस्था र बिध्यार्थी तथा अभिभावकको जिम्मेबारी र बिशेषत पढाइ खर्च र पढने बिषय अनि कलेज तथा बिश्वबिद्यालयका बारेमा बिशेष जानकारी गराइने कुरा अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले अस्ट्रेलियामा दश जोड दुइ सकेर कलिला बिध्यार्थीहरुको सहभािगता बढदैजादाँं अभिभावकको जिम्मेबारी महत्वपुर्ण रहेकोले यस पटक यो महोत्सवमा बिध्यार्थीसँंगै अभिभावक भन्ने नारा एकाले राजेको श्रेष्ठले बताए । अर्काको छोरा बिदेश गयो, छिमेकीको पनि हाम्रो किन नपठाउने भन्ने होडबाजीमा बिदेश पढन पठाउने हाम्रो समाजले बुझेर मात्र छोरा छोरी अस्ट्रेलिया पठाउन भन्ने हाम्रो मेलाको उद्देस्य हो । किनभने यहाँं पढाउन कती लाग्छ, काम पाइन कति गारो छ , कुन बिषय पढदा के हुन्छ र कति समयसम्म पढाइको जिम्मेबारी अभिभावकले लिन सक्नुपर्छ भन्ने बिषयको ज्ञान नहुँंदा यतिखेर बिदेशमा केहि बिध्यार्थीहरुले दुख पाएको दृष्तान्त सुन्न पाइन्छ , अध्यक्ष श्रेष्ठले बताए ।
श्रेष्ठले अगाडि भने ,बिध्यार्थीका रुपमा अस्ट्रेलिया आएपछि कती कमाइ हुन्छ भन्ने बिषयमा समेत र पढाइको खर्चको तालमेलका बारेमा समेत अभिभावकलाई ज्ञान नहुँंलदा अहिले केहि दुखद समाचार समेत सुन्नु परेको छ । हामी यो कुरालाई अभिभावकसँंग स्पष्ट पारेर मात्र छोरा छोरी यहा पढन पठाउन आग्रह गर्नेछौ, उनले मेलाको उद्देस्य बारे बताए ।
यस पटक मेलाको मुख्य पार्टनरका रुपमा हाम्रो इन्सीच्युट अफ बिजनेश टेक्नोलोजी (हाम्रो कलेज) रहेको छ भने किङ्गसफोर्ड इन्टरनेशनल कलेजले मेलामा सहयोगीको भुमिका खेलेको कुरा एकाका उपाध्यक्ष भुपाल सिटौलाले बताए ।
लहलहैमा हैन, बुझेर छोरा छोरी बिदेश पठाउ भन्ने मेलाको मुख्य उद्देस्य रहेको बताउदै उपाध्यक्ष भुपालले भने अहिले अस्ट्रेलियामा करिब तिस हजार नेपाली बिध्यार्थी अध्यनरत छन । यो संख्या बढदै छ, यस्तो परिस्थीतीमा बिध्यार्थी र अभिभावकलाइ सहि सुचना प्रवाह गरेर आवश्यक सहयोग प्रदान गर्नु हाम्रो कर्तब्य पनि हो, उपाध्यक्ष सिटौलाले सुनाए । एलाइन्सका कोषाध्यक्ष सुभांशु शाहले संभावना र स्तरिय पठन पाठन अहिलेको महत्वपुर्ण बिषय भएकोले यहाका कलेज र अध्यन प्रतिष्ठानको जानकारी र कलेजहरुसँंग प्रत्यक्ष भेटघाट हुने मेलामा सहभािग हुन आब्हान गरेका छन ।