शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’ले यती बेला काठमाडौं लगायत उपत्यका बाहिरका हलमा आफ्नो जादु छरिरहेको छ । युवा वर्ग लक्षित ‘मिटर भर्जिन’ले दर्शकहरुबाट निकै राम्रो प्रतिकृया बटुलीरहेको छ । शुक्रबार करिब ७० – ८० % को अकुपेन्सी रहेपनि शनिबार भने राम्रो प्रतिकृयाका कारण दर्शकको चाप अझै थपिएको छ । शनिबार काठमाडौंका अधिकांश हल करिब हाउस फुल जत्तिकै रहेको थियो ।दर्शकहरुसँग प्रतिकृया लिनका लागी चलचित्रका कलकार टिम काठमाडौंका विभिन्न हल पुगेका थिए । उक्त ठाउँहरुबाट प्राप्त प्रतिकृयाले निकै हौसिएको र यस्तै सकरात्मक प्रतिकृयाले चलचित्रले थप दर्शक पाउने आशा रहेको कलाकार गौरव पहारीले बताए । शुक्रबारबाट प्रर्दशनमा आएका अरु ३ चलचित्र भन्दा पनि ‘मिस्टर भर्जिन’ मल्टिप्लेक्समा थप अगाडी देखिएको छ । यसै कारण पनि मल्टिप्लेक्समा चलचित्रको शोहरु थपिने क्रम रहेको छ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।चलचित्रका निमार्ता खिलेन्द्रराज तिम्सीनाले चलचित्रलाइ दर्शकले रुचाएको बताउछन । अझै चल्न बाँंकी छ तर केहि दिनको प्रतिक्रीयाले सन्तुष्ट हुने प्रसस्तै ठाउ छ । चलचत्रिकै अर्का निमार्ता प्रजापती सिवाकोटी चलचित्रले बजार पीटने कुरामा बिश्वस्त छन । चलचित्र राम्रोब नेको छ ,युवा बर्गलाई लक्षीत गरिएको यस चलचित्रले तिन दिनमै राम्रो स्याब्बासी पाइसकेको बताउछन उनि ।