सोलुखुम्बु, असार २३ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले पहिलो बैठकमा सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई घरमै उपचार सेवा दिलाउने निर्णय गरेको छ ।
नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचार गर्ने निर्णय गरेको हो । वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पताल समेत लगेर निःशुल्क उपचारको सेवा प्रदान गरिने जनाइएको छ । यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताएका छन् ।
सो नगरपालिकाको तथ्याङ्क अनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको संख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक रु एक हजार प्राप्त गर्दै आएका थिए । योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताए । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाहरु एकदमै खुशी भएका छन् ।