सिडनीमा रुचाइयो “बाँंध मायाले”

नेपाली चलचित्रको बजार अस्ट्रेलियामा बिस्तार हुँदै गर्दा प्रत्यक हप्ता कुनै न कुनै नेपाली चलचित्र अस्ट्रेलियाको नेपाली समुदाय बीच प्रदर्शन भैरहेको हुन्छ ।
यसै बिच नेपाली चलचित्र ‘बाध मायाले’ नायक आर्यन अधिकारीका साथ सिडनीमा दोस्रो शो चलिरहेको छ । शनिबार बरउडको इभेन्ट सिनेमामा दर्शकले रुचाएका यो चलचित्र आइतबार भने हर्षभिलमा हाउसफुलका साथ लागिरहेको छ । चलचित्र प्रर्दशनका लागि नायक अधिकारी सीडनी आइपुगेका हुन ।

उनी चलचित्रको सिड्नी प्रदर्शनमा दर्शक हरुसँगै सहभागी भएका छन । आर्यन अधिकारी र स्रिस्टि श्रेष्ठको रोमान्टिक अभिनय रहेको फिल्मको पहिलो प्रदर्शन सिड्नीबाट गरिएको चलचित्रका निर्माता महेश अधिकारिले बताए । उनले अस्ट्रेलिया नेपाली चलचित्रको आकर्षक गन्तब्य भएको कारण पनि चलचित्र यहीवाट प्रारम्भ गरिएको बताए ।

नेपालमा भने यो चलचित्रको प्रदर्शन असोज ५ देखि हुने भनिएको छ । यो चलचित्रको मुख्य गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ ।
काठमाडौं र कुलेखानीको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र सृष्टिको केमेष्ट्रि उत्कृष्ट देखिएको छ । ‘बाँध मायाले’लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरी धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् ।
‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव(नायकको रुपमा डेव्यु गरेका छन । चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । चलचित्र राम्रो रहेको र सिडनीका दर्शकले यसलाई रुचाएको चलचित्रका समिक्षक गोबिन्द भण्डारीले लोकसत्तालाई बताए ।